नेपाल र मलेसियाबीच श्रम सम्झौता, भिसा प्रक्रियामा कुनै पनि शुल्क नलाग्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल र मलेसियाबीच श्रम सम्झौता, भिसा प्रक्रियामा कुनै पनि शुल्क नलाग्ने


१२ कार्तिक २०७५, सोमबार


काठमाडौं । नेपाल र मलेसियाबीच भएको श्रम सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन र नेपालका श्रम मन्त्री गोकर्ण विष्टले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

अब नेपालीले कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउने व्यवस्था श्रम सम्झौतामा उल्लेख छ ।

यस्तै मलेसिया जाने नेपाली कामदारको करार अवधि दुई वर्षको हुने छ । प्रत्यक महिनाको ७ गते तलब पाउने र कामदारको तलब मलेसिया सरकारको नियम अनुसार हुने मन्त्री विष्ठले बताए ।

कामदारका परिवारका कुनै पनि सदस्यको मृत्यु भएका श्रमिकले १५ दिन बिदा पाउनेसमेत सम्झौतामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस