राष्ट्रपति भण्डारीको कतार भ्रमण स्वीकृत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति भण्डारीको कतार भ्रमण स्वीकृत


प्रशासन विशेष ब्युरो

११ कार्तिक २०७५, आइतबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भोली अर्थात कात्तिक १२ देखि १५ गतेसम्म कतारको भ्रमणलाई स्वीकृत गरेको छ ।

आइतबार प्रधानमन्त्रीको नीजि निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बौठकले कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा कतारको तीन दिने भ्रमणमा जान लागेकी राष्ट्रपति भण्डारीको भ्रमण स्वीकृत गरेको हो ।

सरकारका प्रवक्त्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाका अनुसार राष्ट्रपतिको भ्रमणको अवसरमा नेपाल र कतारबीच द्विपक्षीय सहयोग सम्बन्ध सुदृढ गर्ने काम हुनेछ ।

त्यस्तै कृषि तथा पशुपंक्षी विकास सम्बन्धी, स्वास्थ्य सम्बन्धी, सुरक्षा सहयोगसम्बन्धी, प्रेस तथा सूचनासम्बन्धी र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस