दिल्लीमा राहुल गान्धी पक्राउ « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

दिल्लीमा राहुल गान्धी पक्राउ


९ कार्तिक २०७५, शुक्रबार


काठमाडौं । दिल्लीमा राहुल गान्धी पक्राउ परेका छन् । भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) का दिल्लीस्थित मुख्यालय नजिकै प्रदर्शनको क्रममा गान्धीलाई प्रहरीले पक्राउ गरेको हो।

सिबिआईका निर्देशक अलोककुमार बर्मालाई हटाएको विषयमा कांग्रेसले प्रदर्शनको आयोजना गरेको थियो।

सरकारले बर्मा र सिबिआईका बिशेष निर्देशक राकेश अस्थानाबीच बिवाद बढेपछि दुवैलाई छुट्टीमा पठाएको जनाएको छ। अस्थानालाई सिबिआईले घुस लिएको भन्दै अभियोग लगाएको छ।

तर विपक्षी दलले फ्रान्सबाट लडाकु बिमान खरिदमा भएको घोटालाको विषयमा सिबिआईले छानविन शुरु गरेपछि सरकारले बर्मामाथि कारवाही गरेको जनाएको छ। एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस