२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुरबाट २० प्रतिशत फूल तिहारलाई

अ+ अ-

हेटौँडा । प्रदेश नं ३ को मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने भीमफेदी, इन्द्रसरोवर, राक्सीराङ्ग, कैलाश र मकवानपुरगढी गाउँपालिका तथा थाहा नगरपालिकाका विभिन्न वडामा स्थानीय कृषकले व्यावसायिक रुपमा फूलको उत्पादन शुरु गरेका छन् ।

ती क्षेत्रका कृषकले सयपत्री, मखमली, चमेली, गोदावरी र पारिजात नामका फूलखेती गरेका छन् । ती फूल अहिले काठमाडौं, ललितपुर कास्की, रुपन्देही, चितवन र मकवानपुरका बजारमा बिक्रीवितरण भइरहेकोे छ । मकवानपुरको उत्तरी भेगमा व्यावसायिक हाल तीन हजार ७३४ हेक्टर जग्गामा कृषकले पुष्पखेती गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

एक याममा प्रत्येक कृषकले पुष्पखेतीबाट आफ्नो खर्च कटाएर करीब रु डेढ लाखदेखि दुई लाख ५० हजारसम्म आम्दानी गरेको इन्द्रसरोवर गाउँपालिका वडा नं ६ का अगुवा कृषक भीमप्रसाद देवकोटाले जानकारी दिए । प्रत्येक पुष्पगुच्छाको रु ५० देखि रु १०० सम्म र माला रु ७५ देखि रु २०० सम्ममा काठमाडौंबाट तराई जाने यात्रु र तराईबाट काठमाडौं जाने यात्रुलाई पायक पर्ने होटल र तरकारी पसलमा बिक्रीवितरण भइरहेको थाहा नगरपालिका–७ का अगुवा कृषक कृष्णदेव आचार्यले बताए।

जिल्लाको उत्तरी भेगमा व्यावसायिक पुष्पखेतीलाई कृषकमा प्रभावकारी तुल्याउन र उनीहरुको जीवनस्तर माथि उठाउने लक्ष्यका साथ चालू आवदेखि आवश्यक प्राविधिक, स्रोत साधन उपलब्ध गराइने तयारी भइरहेको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताए । तिहारमा काठमाडौंका उपभोक्तालाई मकवानपुरमा उत्पादित उन्नत पुष्पखेतीबाट करीब २० प्रतिशत आपूर्ति हुने जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले जानकारी दिए । रासस