नेकपाले गर्‍यो दुई सदस्यीय कार्यदल गठन, सदस्य चयनको जिम्मा पौडेल र थापालाई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपाले गर्‍यो दुई सदस्यीय कार्यदल गठन, सदस्य चयनको जिम्मा पौडेल र थापालाई


८ कार्तिक २०७५, बिहिबार


काठमाडौं । नेकपाको आजको सचिवालय बैठकमा दुई सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा सचिवालय सदस्य रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल रहेका छन् ।

कार्यदलले प्रदेश कमिटीका सदस्यहरु चयन गर्ने र केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्ने छन् । कार्यदलमा रहेका सदस्य रामबहादुर थापा र विष्णु पौडुलले प्रदेश कमिटी सदस्यहरु चयन गरी सचिवालय बैठकमा पेश गर्ने छ । रामबहादुर थापा र विष्णु पौडेललाई मापदण्डका आधारमा सदस्य चयन गरी सचिवालय बैठकमा टुंगो लगाउने गरी जिम्मेवारी दिइएको हो । बैठकले नेकपाका केन्द्रीय सदस्यहरुको कार्य विभाजन तोक्ने जिम्मा पनि कार्यदललाई नै दिएको छ ।

यस अघि नेकपाका प्रदेश कमिटीका इन्चार्ज, सह-इन्चार्ज, अध्यक्ष र सचिवको चयन गरिसकेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस