अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए क्रिकेटर डायन ब्राभोले « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए क्रिकेटर डायन ब्राभोले


८ कार्तिक २०७५, बिहिबार


काठमाडौं । क्रिकेटर डायन ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३५ वर्षका ब्राभोले २००४ मा डेब्यू गरेपछि ४० टेस्ट, १ सय ६४ एकदिवसीय र ६६ अन्तर्राष्ट्रिय टी-२० खेलेका छन् ।

उनको अन्तिम अन्तर्राष्ट्रिय क्रिकेट दुई वर्षअघि २०१६ को सेप्टेम्बरमा पाकिस्तानसँगको टी-२० खेल थियो ।

टी-२० क्रिकेटरका रुपमा चिनिएका ब्राभोले अन्तिम टेस्ट २०१० मा खेलेका थिए । उनको अन्तिम एकदिवसीय २०१४ मा भारतसँगको खेल भएको छ ।

उनले फ्रेन्चाइज टी -२० क्रिकेट भने खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस