जापानले दियो नेपाललाई एक अर्व आठ करोड अनुदान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जापानले दियो नेपाललाई एक अर्व आठ करोड अनुदान


८ कार्तिक २०७५, बिहिबार


काठमाडौं । जापानले नेपाल सरकारलाई एक अर्व आठ करोड अनुदान दिने भएको छ ।

बिहिबार अर्थमन्त्रालयमा सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अर्थमन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानी राजदूत मिसामिची साइगोले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

जापानले बीपी राजमार्ग निर्माणका लागि सो अनुदान सहयोग गर्ने भएको हो । २०७२ को गोर्खा भूकम्पले क्षति भएको १६० किलोमिटर लामो बीपी राजमार्ग जापान सरकारले नै बनाइदिएको थियो ।

जापानले नेपाललाई उपलब्ध गराएको यो रकम हालसम्मकै ठूलो रहेको राजदूत मिसामिचीले जनाए ।

भूकम्पले बीपी रागमार्गको २० ठाउँमा क्षति पुर्‍याएको र त्यसको पुनर्निर्माणको काम अब छिट्टै शुरु हुने छ । राजमार्गलाई पाँच भागमा बाँडेर पुनर्निर्माणको काम सम्पन्न गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस