नगरप्रमुख राणाद्वारा तलब, भत्ता सामाजिक संस्थालाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नगरप्रमुख राणाद्वारा तलब, भत्ता सामाजिक संस्थालाई


८ कार्तिक २०७५, बिहिबार


नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले आफूले पाउने तलबभत्ता सामाजिक कार्यका लागि प्रदान गरेका छन् ।

उनले असोज महीनाको आफ्नो तलब, भत्ता रु ५० हजार नेपालगञ्ज–२ खानेपानी ट्याङ्की नजिकै रहेको बाल्मिकी समाज तथा मन्दिरलाई सहयोग गरेका हुन्। प्रमुख राणाले महर्षी बाल्मिकी जयन्तीका अवसरमा आज बाल्मिकी समाजका अध्यक्ष रामचन्द्र बाल्मिकीलाई सो रकम हस्तान्तरण गरे ।

त्यस अवसरमा प्रमुख राणाले आफ्नो कार्यकालभरि पाउने तलब, भत्ता आवश्यकताका आधारमा सामाजिक संस्थालाई दिने बताए । स्थानीय निकायको निर्वाचनमा प्रमुख राणाले आफ्नो तलब, भत्ता सामाजिक सेवामा लगाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस