जिल्ला अस्पताल रोल्पामा टेलिफोनले काम नगर्दा सेवाग्राही मर्कामा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जिल्ला अस्पताल रोल्पामा टेलिफोनले काम नगर्दा सेवाग्राही मर्कामा


८ कार्तिक २०७५, बिहिबार


रोल्पा । जिल्ला अस्पताल रोल्पामा टेलिफोनले काम नगर्दा सेवाग्राही मर्कामा परेका छन् ।

अस्पतालको कार्यकक्षमा फोनले काम नगर्ने भएकाले मोबाइल बोकेर कार्यालय बाहिर गई फोन गर्नुपर्ने बाध्यता रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जिल्ला जनस्वास्थ्य अधिकृत डा. सुशील आचार्यले बताए । उनले भने, टेलिफोन असहजताले कार्यालय र सेवाग्राही दुवैले समस्या भोग्दै आएका छन्, ।

अस्पतालको डेलिभरी कक्षमा सिडिएमए टेलिफोनबाट काम चलाइएको रोल्पा जिल्ला अस्पतालका स्टाप नर्स शर्मिला आचार्यले बताइन् । कहिलेकाहीँ सिडिएमएले समेत काम नगर्दा निकै सकस हुन्छ, आचार्यले भने ।

अस्पतालजस्तो क्षेत्रमा प्रभावकारी टेलिफोन सेवा नपुग्नु दुःखद् कुरा हो नागरिक अगुवा तीर्था आचार्यले भने । बिरामीको अवस्था बुझ्न तथा अस्पतालमा स्वास्थ्य परामर्शका लागि चौबीसै घण्टा टेलिफोन सेवा उपलब्ध हुनुपर्नेमा सामान्य फोन गर्न समेत सास्ती भोग्नु सामान्य कुरा होइन ।

सभामुख कृष्णबहादुर महरा सूचना तथा सञ्चारमन्त्री भएका बेला अस्पतालमा टेलिफोन सेवा उपलब्ध हुनुपर्ने माग गरिए पनि अहिलेसम्म पूरा नभएको जिल्ला अस्पतालका एक कर्मचारीले बताए । रासस

प्रतिक्रिया दिनुहोस