चक्कु प्रहारबाट युवक घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चक्कु प्रहारबाट युवक घाइते


८ कार्तिक २०७५, बिहिबार


कञ्चनपुर । कञ्चनपुरमा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन् । बेलडाँडी गाँउपालिका–२ खल्लाका १८ वर्षीय वीरेन्द्र राना पेटमा चक्कु प्रहारबाट घाइते भएका हुन् ।

आपसी विवादमा १९ वर्षीय दिनेश रानाले गए राति वीरेन्द्रको पेटमा चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका रानाको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

चक्कु प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस