२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्मला बलात्कार हत्या प्रकरण : एसपी विष्टले बुझाए स्पष्टीकरण

अ+ अ-

काठमाडौं । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको प्रकरणमा आरोप लाग्दै आएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टले आज गृहमन्त्रालयमा स्पष्टीकरण बुझाएका छन् ।

१३ वर्षीया बालिका निर्मलाको बलात्कार पछि भएको हत्याको अनुसन्धानमा गम्भीर लापरबाही गरेको भन्दै बर्खास्त गर्ने माग गरिएिको थियो । बर्खास्त गर्नुअघि आफ्नो कुरा राख्न पाउने न्यायको सिद्धान्तअनुसार एसपी विष्ट र कञ्चनपुरका तत्कालीन प्रहरी निरीक्षक जगदीश भट्टलाई स्पष्टीकरण सोधिएको थियो। सो मुताविक दुवैले प्रहरी प्रधान कार्यालयमा बुझाएको हो । प्रहरी प्रधान कार्यालयले आजै स्पष्टीकरण गृह मन्त्रालयमा पठाइएको प्रवक्ता सुवेदीले बताए ।

प्रहरी प्रधानकार्यालयलाई स्पष्टीकरण लिएर मन्त्रालयमा पेस गर्न गृहले आदेश दिएको थियो । पत्र बुझेको २४ घन्टाभित्र लिखित जवाफ पठाउनुपर्ने भएकाले एसपी विष्टले आज जवाफ पेस गरेका हुन्।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टराईलाई सेवाबाट निष्कासन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेका थिए ।

गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।

घटनाको छानबिन गरे पनि परिणाम नआएको अवस्थामा सरकारले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्ट र निरीक्षक भट्टलाई बर्खास्त गर्र्ने प्रक्रिया अघि बढाउन लागेको हो ।