विश्वका घुम्नलायक उत्कृष्ट दश शहरमध्ये काठमाडौं पाचौंमा (सुचीसहित) « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विश्वका घुम्नलायक उत्कृष्ट दश शहरमध्ये काठमाडौं पाचौंमा (सुचीसहित)


६ कार्तिक २०७५, मंगलबार


काठमाडौं । विश्वका घुम्नलायक दश शहरमध्ये काठमाडौं पनि सूचीमा पाचौं स्थानमा परेको छ ।

अमेरिकी ट्राफल गाइड बुक अर्थात ट्राभल वेब साइट लोन्ली प्लानेटले सन् २०१९ मा घुम्नलायक विश्वका १० उत्कृष्ट शहरको सूची निकालेको छ ।

जुन लिस्टमा काठमाडौं पनि समेटिएको छ । काठमाडौं भन्दा अगाडि डेनमार्कको कोपनहेगन, चीनको शेनचेन, सर्भियाको नोभिसाद, फ्लोरिडाको मियामी रहेका छन् ।

विश्वका १० उत्कृष्ट शहरको सूची
१) डेनमार्कको कोपनहेगन
२) चीनको सेन्जेन
३) सर्वियाको नोभी साद
४) फ्लोरिडाको मियान्मी
५) नेपालको काठमाडौं
६) मेक्सिकोको मेक्सिको शहर
७) सिनेगलको डाकर
८) वासिङ्टनको सियटल
९) क्रेयसियाको जादर
१०) मोरोक्कोको मेक्नेस

तीन वर्षअघिको भूकम्पको पीडा भुलेर काठमाडौंले विश्वभरका पर्यटकलाई स्वागत गर्न तयार रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ । काठमाडौंलाई लोन्ली प्लानेटले शान्त शहर भनेको छ ।

लोन्ली प्लानेटले अव्यस्थित सवारी व्यवस्थापनका लागि बदनाम भएको काठमाडौं शहर अहिले हर्न निषेध गरिएकाले राम्रो बनेको र विद्युत आपूर्ति भरपर्दो भएको तथा वाइफाइ कनेक्सन बिस्तार हुनुले पनि घुम्न लायक बनेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस