साझाले भित्र्यायो ५ वटा विद्युत्तीय बस, यात्रुको निगरानी सिसिक्यामेराबाट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

साझाले भित्र्यायो ५ वटा विद्युत्तीय बस, यात्रुको निगरानी सिसिक्यामेराबाट


६ कार्तिक २०७५, मंगलबार


काठमाडौं । साझा यातायातले ५ वटा विद्युतीय बस भित्र्याएको छ। बसको मंगलबार ललितपुर हरिहर भवनस्थित साझा यातायातको कार्यालय परिसरमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।

चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेका बस पहिलो चरणमा ५ वटा विद्युत्तीय बस ल्याउने तयारीस्वरुप २ वटा काठमाडौं आइसकेका छन्। भने एउटा आउने क्रममा बाटोमै रहेको साझा यातायातले जनाएको छ। बाँकी दुई आउने प्रक्रियामा छन्।

बस खरिदका लागि एसियाली विकास बैंक (एडिबी) ले सहयोग गरेको हो। चालकसहित २० सिट क्षमताका ती बसमा सिसिक्यामेरा जडान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस