गाडी दुर्घटनामा भारतमा एकै परिवारका चार नेपालीको मृत्यु, तीन घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गाडी दुर्घटनामा भारतमा एकै परिवारका चार नेपालीको मृत्यु, तीन घाइते


५ कार्तिक २०७५, सोमबार


काठमाडौं । भारतमा गाडी दुर्घटनामा परी एकै परिवारका चार नेपालीको मृत्यु भएको छ । सोमबार गोरखपुरबाट वारणासीतर्फ गइरहेको कारलाई गाडीले ठक्कर दिँदा कारमा सवार चार जनाको मृत्यु भएको प्रहरीले जनाइएको छ ।

मृत्यु हुनेमा ४१ वर्षका नविन श्रेष्ठ, उनकी पत्नी अञ्जली, बुबा गोरख श्रेष्ठ र भाइ उपेन्द्र रहेको प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरु सिन्धुली जिल्लाका रहेका भारतीय प्रहरीले जनाएको छ ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइते हुनेमा दुई जना सोही परिवारका महिला सदस्य र कार चालक रहेको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस