विजया दशमीको तेस्रो दिन पनि प्रधानमन्त्रीको हातबाट टिका लगाउँदै सर्वसाधरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विजया दशमीको तेस्रो दिन पनि प्रधानमन्त्रीको हातबाट टिका लगाउँदै सर्वसाधरण


५ कार्तिक २०७५, सोमबार


काठमाडौं । विजया दशमी अर्थात् टीका पछिको तेश्रो दिन सोमबार पनि प्रधानमन्त्रीको हातबाट सर्वसाधरण तथा कार्यकर्ताले टिका लगाउँदै छन् ।

सरकारले एकादशीसम्म मात्रै दसैं विदाको समय दिएको भएपनि प्रधानमन्त्रीको सचिवालयले चतुर्थीसम्म प्रधानमन्त्रीले टीका लगाइदिने बताएपछि कार्यकर्ता तथा सर्वसाधरण सोमबार पनि टीका लगाउन बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री ओली बिहानैदेखि बालुवाटार पुगेकाहरुलाई टीका र जमरा लगाउन व्यस्त रहेका छन् । आइतबार पनि प्रधानमन्त्री टीका र जमरा लगाउन मै व्यस्त थिए ।

यस  अघि भने प्रधानमन्त्रीले टीका पछिका दिनमा सर्वसाधरण र कार्यकर्तालाई टीका लगाउने गरेका थिएनन्। यसपटक भने प्रधानमन्त्री ओलीले चर्तुदशीसम्म सर्वसाधरणलाई टीका लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस