अनिश्चितकालीन कर्फ्यू चार घण्टाका लागि हट्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

 अनिश्चितकालीन कर्फ्यू चार घण्टाका लागि हट्यो


५ कार्तिक २०७५, सोमबार


काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा लगाइएको कर्फ्यू चार घण्टाका लागि हटाइएको छ ।  दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा विवाद हुँदा झडप भएपछि जिल्ला प्रशासन कार्यलयले लगाएको कर्फ्यू चार घण्टाकालागि हटाइएको हो ।

तीन दिनदेखि तनावग्रस्त कृष्णनगरमा आइतबार साँझ ५ बजेदेखि अनिश्चितकालिन कर्फ्यु लगाइएको थियो । अवस्था सहज बन्दै गएपछि केही समयमालागि कर्फ्यु हटाइएको छ । १२ बजेपछि अवस्था हेरेर कर्फ्यूलाई निरन्तरता दिने नदिने बारे निर्णय लिइने बताइएको छ ।

तनावका कारण शुक्रबार बिसर्जन गर्न लागेको दुर्गा मूर्ति आइतबार साँझ ७ बजे मात्र बिसर्जन गरिएको थियो । कर्फ्यु लगाएर मूर्ति स्थानीय सुरई खोलमा बिर्सजन गरियो । भारतीय एसएसबीले पनि सीमामा असहज स्थिति भएकाले सतर्कता अपनाएको छ ।

प्रतिक्रिया दिनुहोस