२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली नोट छाप्ने मेसिनसहित पाँच पक्राउ

अ+ अ-

काठमाडौं । नक्कली नोट छाप्ने मेसिनसहित पाँच जना पक्राउ परेका छन् । कीर्तिपुरको मच्छेगाउँ – ४ बाट प्रहरीले नेपाली नक्कली नोट छाप्ने मेसिन, नेपाली नक्कली नोट र त्यसकालागि प्रयोग हुने सामाग्री सहित कृष्ण बहादुर क्षेत्रीको घर बाट पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्सा जिल्ला विरुवा गुठी (पर्सागढी नगरपालिका -३) घर भई हाल कीर्तिपुर नगरपालिका -४ मच्छेगाउँ बस्ने २७ वर्षीय इन्द्र बहादुर श्रेष्ठ, गोर्खा शहिद लखन गाउँपालिका- ८ घर भई हाल सोही ठाउँ बस्ने २५ वर्षीय नारायण श्रेष्ठ, महवानपुर हर्नामाडी -९ घर भई हाल मुलपानी बस्ने २५ वर्षीय साहिल थापा मगर, पर्सा विरुवागुठी -३ घर भई हाल वौद्ध जोरपाटी बस्ने २८ वर्षीय राज श्रेष्ठ र काठमाडौं कागेश्वरी मनहरा -११ घर भई कुमारी गाल बस्ने २९ वर्षीय विकास दोचे रहेका छन् ।

कारोबारका मुख्य योजनाकार रहेका ईन्द्र बहादुर श्रेष्ठ यसअघि सिराहा जिल्लाबाट हात हतियार तथा खरखजाना मुद्दामा ११ महिना कैद सजाय भुक्तान गरिसकेको प्रहरीले जनाएको छ ।

निजहरुबाट नक्कली नोट ३७००००, ब्रोदर कम्पनीको पैसा छाप्ने मेसिन १ थान, मसी २ बट्टा,प्रसा छाप्न प्रयोग हुने २ बण्डल पेपर, मोबाइल ४ थान कैची ३ थान, लालीगुरास अंकित रबर छाप, नक्क्ली पैसा बनाउन प्रयोग भएका सक्क्ली १००० का नोट ३ थान र १०० का नोट ३ थान, गोर्खा फाईनान्सको ट्याग भएको पैसा वण्डल बनाउन प्रयोग गरिने १२ थान र एनआईसी बैंकको नक्क्ली चेक प्रहरीले बरामद गरेको छ ।

उनीहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २५६ अनुसार पाँच वर्ष देखि दश वर्षसम्म कैद र पचास हजारदेखी एकलाखसम्मको जरिवाना सजाय हुने प्रहरी परिसर काठमाडौंले जनाएको छ ।