निर्मला बलात्कार–हत्या प्रकरण : उपरीक्षक विष्टलाई निष्काशनको सिफारिस « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

निर्मला बलात्कार–हत्या प्रकरण : उपरीक्षक विष्टलाई निष्काशनको सिफारिस


४ कार्तिक २०७५, आइतबार


निर्मला बलात्कार पछि हत्या प्रकरण

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ । निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको हो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए ।

गृहमन्त्रालयले उक्त सिफारिस उपर आज निर्णय गर्न सक्ने सम्भावना रहेको बताइको छ ।

प्रतिक्रिया दिनुहोस