२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

अ+ अ-

कावासोती । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा गुल्मी हस्तचौर गाउँपालिका–२ बस्ने ३५ वर्षीय तिलक विष्टको ज्यान गएको हो । आज बिहान सोदुर्घटना हुँदा दुर्घटनास्थलमा पाँचजनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा जिल्ला मोरङ सुन्दरहरैचा–१२ बस्ने ११ वर्षीय सुहन कार्की, भोजपुर हतुवागढी–६ बस्ने २७ वर्षीय रामजीत राई, सुनसरी घर भई जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासी पश्चिममा कार्यरत ३२ वर्षीय अब्दुल अन्सारी, भारत विहार बस्ने विद्यानन्द यादव रहेका छन् । मृत्यु हुने अर्का एक पुरुषको नाम, ठेगाना खुल्न बाँकी रहेको छ ।

इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४५४ नंको बस बिहान ५ बजेको समयमा दुर्घटनामा परेको हो । बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक रमेश थापाले बताए ।

दुर्घटनामा परी घाइते भएका ३७ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भई स्थानीय मेडिकलमा उपचाररत छ जना उपचारपछि घर फर्किएका छन् । रासस