नेकपा बैठक आज दुई बजे बस्ने, मुख्य एजेन्डा नेपालको असन्तुष्टि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेकपा बैठक आज दुई बजे बस्ने, मुख्य एजेन्डा नेपालको असन्तुष्टि


४ कार्तिक २०७५, आइतबार


काठमाडौं । आज ११ बजे बस्ने भनेको नेकपा सचिवालय बैठक दुई बजे बस्ने गरी सरेको छ । तीन साता अघि बस्ने भनेको सचिवालय बैठक आज आइतबार ११ बजे र सोमबारका लागि सारिएको थियो । ११ बजे बस्न नसकेर २ बजेका लागि सारिएको नेकपा सचिवालय स्रोतले जनाएको छ ।

बैठकमा सरकारको कामको समीक्षा लगायत स्थानीय तहको पार्टी एकीकरणसम्बन्धी कार्यसूचीमा गम्भीर छलफल हुने बताइएको छ ।

यस्तै बैठकको मुख्य एजेण्डामाथि पनि छलफल गर्ने रहेको छ । मुख्य एजेण्डा माधव नेपालको असन्तुष्टि रहेको छ । नेता नेपालले सचिवालय निर्णय गर्ने थलो नभएको र अध्यक्षद्वयलाई मापदण्डसम्बन्धी प्रस्ताव तयार पार्नेमात्रै जिम्मेवारी दिएको भन्दै उनले असन्तुष्टि दर्ता गरेका थिए ।

नेता नेपाल पक्षको विरोध गण्डकी र पाँच नम्बर प्रदेशको इन्चार्ज चयनप्रति छ । मुख्यमन्त्री रहेका पृथ्वीसुब्बा गुरूङ र शंकर पोखरेललाई गण्डकी र पाँच नम्बर प्रदेशको इन्चार्ज तोकेर दोहोरो जिम्मेवारी दिएको र यसअघि पार्टीले तय गरेको मापदण्ड लत्याइएको भन्दै नेता नेपालले विरोध जनाएका हुन् ।

कात्तिक १३ र १४ गते स्थायी कमिटीको बैठक बोलाइ सम्पूर्ण विषयमाथि छलफल हुने नेकपाले जनाएको छ ।

आजको सचिवालय बैठकमा मन्त्रीहरूको कार्यसम्पादनका बारेमा पनि छलफल हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस