२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकान्तकुमारीको जात्रा सकियो, तलेजुमा दर्शनार्थीको घुइँचो

अ+ अ-

भक्तपुर । जीवित देवीका रूपमा पुजिने भक्तपुरको एकान्तकुमारीसहित ११ कुमारीको पूजा गरी आज कुमारीजात्रा मनाइएको छ ।

तलेजुको प्रतिमूर्तिको रूपमा पुजिने एकान्तकुमारी जीविका बज्राचार्यलाई आज बिहानैदेखि तलेजुको आगमघरमा ल्याएर विधिवत रूपमा जात्रा मनाइएको हो । आजै टिबुक्छेँमा रहने ११ जनाको गणकुमारीको समेत तलेजुमा लगेर पूजा गर्ने कार्य पुरा भएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

तलेजुमा ऋग्वेद, यर्जुवेद, अथर्ववेद र सामवेदलगायतको पाठ गरी कुमारीको राजोपाध्याय र कर्माचार्यको पूजा गरी कुमारीजात्रा मनाइएको होे । कुमारीको चतुर्ब्रह्म महाविहारमा लगि पूजा सकेर तलेजुमा विराजमान गराइएको थियो ।

त्यसैगरी भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । महानवमीको दिन आज एकदिनका लागि सर्वसाधारणको दर्शनका लागि खुल्ला गरिने भएकाले तलेजु मन्दिर दर्शनार्थीहरुको भीड लागेको हो । महानवमीका दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो ।

सत्रौं शताब्दीमा मल्ल राजा जयप्रकाश मल्लले तलेजु भवानीसँंग त्रिपाशा खेल्ने गरेको किंवदन्ती छ । किंवदन्तीअनुसार राजा जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी थिइन् ।

राजाले क्षमा माग्दै धेरै रोइकराई गरेपछि तलेजुले वर्षको एक पटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेकवर्ष महानवमीका दिन तलेजु भवानी आफ्नो मन्दिरमा प्रकट हुने विश्वासका साथ मानिसको घुइँचो लाग्ने गर्दछ ।

एकअर्को किंवदन्तीका अनुसार उनै त्रिपाशा खेल्ने तलेजु भवानी बालिकाको शरीरभित्र कुमारीको रुपमा प्रवेश गरेको जनविश्वास रहेको छ । त्यसैबेलादेखि भक्तपुरमा कुमारीलाई एकान्त कुमारीको रुपमा पुजिन थालिएको हो । कुमारी पुजिने चलन सबैभन्दा पहिले भक्तपुरबाट शुरु भएको थियो, त्यसपछि काठमाडौँ र ललितपुरमा विस्तार भएको भक्तपुर तलेजु मन्दिरका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए ।

तलेजुमा दशैंमा ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँसको बली दिई जात्रा मनाइएको छ । तलेजुका मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बली दिइने परम्परा रहेको छ । तलेजुलाई आज देवगृहबाट स्थानान्तरण गरी आगमघरमा विराजमान गराइसकेपछि जात्रा सम्पन्न हुनेछ ।