कोशी नदीमा डुबेर बालकको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोशी नदीमा डुबेर बालकको मृत्यु


१ कार्तिक २०७५, बिहिबार


सप्तरी । दशैं मनाउन मामाघर आएका एक बालकको कोशी नदीमा डुबेर मृत्यु भएको छ ।

तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीमा नुहाउने क्रममा सुनसरी भोक्राहा–३ का जयानन्द यादवका छोरा १५ वर्षीय अविनाश यादवको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलवास्थित मामाघर आएका उनी आधा घण्टाको दुरीमा रहेको स्थानमा नुहाउन गएका थिए । बालकसँग नुहाउन गएका मामाका छोरा र सानीआमाका छोराले बचाउने प्रयास गरेपनि कोशी नदीको भङ्गालोमा फसेकाले बचाउन नसकेको परिवारका सदस्यले बताएका छन् ।

बालकको मृत्युले माइज्यु पिंकी यादव, मामाघरकी हजुरआमा धनेश्वरीदेवी र उनकी देवरानी हरीहरदेवी बेहोस भएका छन् । अचेत अवस्थमा उनिहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस