२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मल्लकालिन परम्परालाई निरन्तरता दिँदै मनाइयो कालरात्रि

अ+ अ-

पोखरा । संरक्षणको अभावमा प्राचीन संस्कृति लोप हुँदै गइरहेको अवस्थामा पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित कोटभैरव मन्दिरमा कालरात्रि मनाइएको छ ।

प्रत्येक वर्षको आश्विन शुक्ल (दुर्गा) पक्षको अष्टमी तिथिको मध्यरातमा कालरात्रिको विशेष पूजा गरिने प्रचलनलाई यस वर्ष पनि कोटभैरव मन्दिरमा निरन्तरता दिइएको हो ।

कोटभैरव मन्दिर संरक्षण एवम् व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतकाअनुसार मन्दिरमा महाअष्टमीको मध्यरातमा कालो बोकाको बलिसहित कालरात्रिको पूजा गरिएको हो । मध्यरातमा गरिएको कालरात्रिको विशेष पूजामा १५० जना भन्दाबढीको सहभागिता रहेको उनले जानकारी दिए ।

“मल्लकालिन समयदेखि नै शक्ति स्वरुपा कोटभैरवको पूजाआजा भएको पाइन्छ,” उनले भने, “तत्कालिन समयदेखि नै दुर्गा पक्षको प्रतिपदाका दिन घटस्थापना गरी फूलपाती, महाअष्टमी, कालरात्रि, महानवमीको विशेष पूजासहित विजया दशमीका दिन सामूहिक टिका प्रसाद लगाउने यहाँको प्राचीन संस्कृति हो ।”

कालरात्रिका अवसरमा मन्दिरको सम्पत्तिका रुपमा रहेका शक्ति स्वरुपका प्राचीन हातहतियारको पूजासमेत गर्ने गरिन्छ । मन्दिरमा कालरात्रिको पूजामा सहभागी बनेमा विभिन्न दीर्घ रोगको समस्याबाट मुक्ति पाउनुका साथै मनोकांक्षा पूरा हुने विश्वास रहेको छ । सोहि विश्वासकासाथ कालरात्रिको पूजामा मन्दिर आसपासका बर माझथर, बर धारापानी, बरपौवा, बरपाण्डेथुम, चवादी, कुर्लिङ, पुणिटारलगायतका स्थानबाट सर्वसाधारण आउने गरेका छन् ।

नवदुर्गाको अवसरमा पाठ गरिने सप्तशती (चण्डी) मा कालरात्रिको महिमा उल्लेख छ ।

शप्तशतीको पहिलो अध्यायको ७९औँ श्लोकमा,
“कालरात्रि महारात्रिर्मोहरात्रिश्च दारुण ।
त्वं श्रीस्त्वमीश्र्वरी त्वं ह्रीस्त्वं बुद्धिबोधलक्षण ।।”
भनिएको छ भने अर्गला स्तोत्रको दोस्रो श्लोकमा
“जय त्वं देवी चामुण्डे जय भूतार्तिहारिणि ।
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ।।” भन्दै कालरात्रिको महिमा गान गरिएको छ ।

कालरात्रिको महिमालाई आत्मसात गर्दै मन्दिरमा नवदुर्गा विशेष पूजाका साथै कालरात्रिको पूजाआजा हुने गरेको कोटभैरव मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका उपाध्यक्ष गुरुप्रसाद पौडेलले जानकारी दिए ।

कोटभैरवमा कालरात्रिको पूजा डाँडामा चन्द्रमा आधा अस्त भएका समयमा गर्ने प्रचलन रहेको उनको भनाइ छ । यसैबीच कोटभैरवको नयाँ मन्दिर निर्माण गरिने भएको छ । लगभग रु ३० लाखको लागतमा प्यागोडा शैलीका तीनतले मन्दिर निर्माण गर्ने सोचका साथ काम अघि बढेको अध्यक्ष महतले जानकारी दिए।

उनका अनुसार मन्दिर निर्माणका लागि यसै आवमा पोखरा महानगरपालिका–३३ कार्यालयबाट रु १२ लाख छुट्याइएको छ । मन्दिर निर्माणमा सर्वसाधारणको समेत चासो बढिरहेको बताउँदै उनले विभिन्न व्यक्तिबाट चन्दा सहयोग दिइने प्रतिवद्धता व्यक्त गरिएको जानकारी दिए।

बरकोटका काला जटाभैरवका रुपमा प्राचीनकालदेखि पूजाआजा हुँदै आएको कोटभैरव मन्दिर र नजिकैको हुडिकोटबाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरिलगायतका हिमशृङ्खला नाङ्गा आँखाले एकसाथ देख्न सकिने भएकोले यसलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउने समितिको सोच रहेको सचिव कमलप्रसाद पौडेलले जानकारी दिए ।

मनोकामना सिद्ध हुने विश्वासका साथ कास्की, स्याङ्जा, तनहुँलगायत विभिन्न स्थानबाट भाकलसहित यहाँ सर्वसाधारण पूजाआजा गर्न आउँछन् । मन्दिरमा जान पोखराको विरौटा हुँदै दोभिल्ला, भाटीको चौतारा, गैरागाउँ, बर पाण्डेथुम, बर माझथर हुँदै मन्दिर जाने मुख्य चोक मनियलडाँडासम्म पोखरा महानगरको बस सेवा नियमित सञ्चालनमा छ ।

पोखराको पृथ्वीचोकबाट विजयपुर, पावर हाउस, भञ्ज्याङ, धारपानी हुँदै मनियलडाँडासम्म स्थानीय यातायात बस व्यवसायी समितिले पनि नियमित बस सेवा सञ्चालन गरेको छ । मनियलडाँडासम्म पुग्ने दुवै बाटो पूरै कालोपत्र भएको र बस बिसौनीबाट लगभग १० मिनेटको पैदल यात्राबाट मन्दिर पुग्न सकिन्छ ।

बाटोको सुगमताका साथै ऐतिहासिक महत्वको मन्दिरलाई नयाँ स्वरुपमा निर्माण गरिएसँगै मन्दिर र आसपास क्षेत्रको अवलोकन एवम् दृश्यावलोकनका लागि आउने धार्मिक पर्यटकको सङ्ख्या बढ्ने विश्वास लिइएको छ ।

यबैबीच कोटभैरव मन्दिरमा आज महानवमी विशेष पूजाका अवसरमा विहानैदेखि दर्शनार्थीको भीड लागेको छ । मन्दिरमा भक्तजनबाट एक सयभन्दा बढी बोका तथा कुखुराको बलिसमेत दिइएको समितिले जनाएको छ ।