२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अटो रिक्साले मनपरी भाडा उठाउँदै

अ+ अ-

घोराही । प्रमुख बजार घोराही, तुलसीपुर, लमही, भालुवाङ र नारायणपुर बजार क्षेत्र र बजार छेउछाउका गाउँमा चल्ने अटो एवं इरिक्साले मनपरी भाडा उठाउँदै आइरहेका छन् ।

यातायात व्यवस्था कार्यालय तुलसीपुरले गत असार २७ गते जिल्लामा सञ्चालन हुने अटो एवं इरिक्साको निश्चित भाडादर कायम गरे पनि यहाँ चल्ने कुनै पनि अटो एवं इरिक्साले सरकारी निर्देशनलाई मानेका छैनन् । यातायात व्यवस्था कार्यालयले प्रतिदुई किलोमिटर रु २० र त्यसपछि प्रतिकिलोमिटर थप १० थप हुने गरी भाडादर कायम गरेको थियो । जिल्लाका सबैजसो अटो व्यवसायीले भने सरकारी निर्देशनको अवज्ञा गर्दै अटो चढ्नेबित्तिकै रु ५० लिने गरेका छन् । त्यसमा पनि दुई जना चढेमा रु ८० सम्म लिने गरेका छन् ।

दशैँमा गन्तव्यसम्म पुग्न बाध्यताले अटो चढेकाहरुलाई चालकले ओर्लने समयमा मनपरी भाडा माग्ने र सरकारी भाडादर दिन खोजे झगडा एवं गालीगलोजमा समेत उत्रने गरेका छन् । यसैले बजार क्षेत्रभित्र स्थानीयवासीले नगर बसको आवश्यकता महसुस गर्न थालेका छन् ।

अटो व्यवसायीले मनपरी भाडा लिएपछि घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा पटक पटक मौखिक उजुरी आएपछि अहिले अटोको भाडादर र व्यवस्थापनमा कडाइ गरिने भएको छ । अटो रिक्साले जथाभाबी रोकेर दुर्घटना बढाउने, जहाँतहीँबाट यात्रु ओसार्ने र मनपरी भाडा माग्ने गरेपछि अटो व्यवसायीलाई उपमहानगरपालिकाले एक साताभित्र त्यसलाई व्यवस्थित गराउने घ उपमहानगरपालिकाका उपप्रमुख एवं अटो तथा इरिक्सा व्यवस्थापन समितिका संयोजक सीता न्यौपानेले जानकारी दिए ।

ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मदनबहादुर कुँवरले पनि एक साताभित्र जिल्लाका अटो एवं इरिक्सालाई नियममा बाँध्ने बताए । जताततैबाट भाडामा मनपरी भएको गुनासो आएपछि यसको नियमनका लागि आफूहरुले उपसमितिसमेत गठन गरेको जानकारी उनले दिए । घोराहीमा मात्र करीब ८०० अटो एवं इरिक्सा छन् तर हालसम्म एक दर्जनले मात्र उपमहागनरमा दर्ता गरेका छन् । अटो व्यवसायीका अनुसार हाल जिल्लामा करीब तीन हजार ५०० अटो रिक्सा सञ्चालनमा आएका छन् । रासस