मङ्गलबारदेखि पोखरामा निःशुल्क बस सेवा सञ्चालन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मङ्गलबारदेखि पोखरामा निःशुल्क बस सेवा सञ्चालन


३१ आश्विन २०७५, बुधबार


पोखरा । नेपालीको महान चाड बडादशैँको अवसरमा सशस्त्र प्रहरी बल तालीम केन्द्र लामापाटनले मङ्गलबारदेखि पोखरामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

दशैँको अवसरमा बजारमा सार्वजनिक यातायातका साधान न्यून भएका कारण सर्वसाधारणलाई सुविधा पु¥याउने उद्देश्यका साथ फूलपातीका दिनदेखि कात्तिक २ गते टीकाका दिनसम्म बस सञ्चालन गरिने तालीम शिक्षालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र बस्नेतले जानकारी दिए ।

सशस्त्र प्रहरी बलको व्यानरसहितको लामापाटनबाट बिहान १० बजेदेखि छुट्ने दुई बस पोखराका अमरसिंह, मुस्ताङचोक, छोरेपाटन, लेकसाइड, जिरो किमी, सिर्जनाचोक, न्यूरोड, चिप्लेढुङ्गा, नदीपुर, बगर, रानीपौवाको रुटमा दिउँसो ४ बजेसम्म चल्ने बताइएको छ ।

दशैँको अवधिभर हुनसक्ने कुनै पनि जोखिमका लागि तालीम शिक्षालयले एम्बुलेन्सको निःशुल्क सेवासमेत प्रदान गर्ने योजना रहेको बताउँदै उनले एम्बुलेन्स आवश्यकताका लागि तालीम शिक्षालयको हटलाइन नं ९८५१२७२०६० र ९८५१२७२०१८ मा फोन गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस