सिराहा । सिराहाको धनगढीमाई नगरपालिका ९ जिरोमाइलबाट लागूऔषधसहित एक जना वृद्ध पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्थानीय ६८ वर्षीय गंगाप्रसाद यादव रहेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरीले यादवको घर तलासी गर्दा ठूलो परिणाममा प्रतिवन्धित लागूऔषध फेला पारेको जनाएको छ ।
यादवको घरबाट बोरामा लुकाइराखेको अवस्थामा चर सय ४८ बोतल डाइलेक्स डी.सी., एकहजार आठसय थान नाइट्रेभेट, आठ सय ६४ थान स्पासमोस र एक सय ८० थान फोर्टबिन बरामद भएको प्रहरीले जनाएको छ ।