दशैँ मनाउन राजधानीबाट बाहिरिए २२ लाख यात्रु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दशैँ मनाउन राजधानीबाट बाहिरिए २२ लाख यात्रु


३१ आश्विन २०७५, बुधबार


काठमाडौं । काठमाडौं उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन् ।

स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाको भनाइ छ । टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौं आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण आज पनि काठमाडौंबाट बाहिरिदै गरेको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिए । दशैँभर काठमाडौंबाट करीब २४ लाख मानिस बाहिरिने उनको भनाइ छ ।

काठमाडौंबाट २२ लाख मानिस बाहिरिएसँगै विगत दुई दिनदेखि काठमाडौंको चहलपहल घटेको छ भने सार्वजनिक यातायातका साधनसमेत कम चल्न थालेका छन् । अहिले काठमाडौंका प्रायः सडक र पसल सुनसान देखिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस