रुकुम पश्चिम मुसीकोटमा बस दुर्घटना, एकको मृत्यु, दुर्इ घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रुकुम पश्चिम मुसीकोटमा बस दुर्घटना, एकको मृत्यु, दुर्इ घाइते


३० आश्विन २०७५, मंगलबार


काठमाडौं । रुकुम पश्चिम मुसीकोट नगरपालिका–१ सल्लेमा बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।मृत्यु हुने सल्लेकै ९ वर्षीय प्रयास बिसीको रहेका छन् ।

दुर्घटनामा घाइते भएका बालकको उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

सल्लेबाट मूलखोला आउँदै गरेको बा३ख ७४६१ नम्बरको गाडी अनियन्त्रित भइ सडकभन्दा करिब १५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा सल्लेका ८ वर्षीय जेनिस बिसी र नाम नखुलेका गाडी चालक रहेका छन् । जेनिसको अवस्था गम्भीर रहेको र गाडी चालकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस