चोरीको धनमालसहित दुई पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चोरीको धनमालसहित दुई पक्राउ


३० आश्विन २०७५, मंगलबार


काठमाडौं । काठमाडौंको काँडाघारीबाट चोरीको धनमालसहित दुईजनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुङ्गा घुर्मि घर भई हाल कागेश्वरी मनहरा – ७ बस्ने १५ वर्षीय अधिराज माझी र काभ्रे सिम्ले घर भई हाल भक्तपुर बोडे बस्ने १६ वर्षीय निमा लामा रहेका छन् ।

निजहरुको साथबाट विभिन्न ब्राण्डका मोबाइलहरु २१ थान, मेमोरी कार्ड ४ थान, क्यामेरा १ थान, लेन्स र फ्ल्यास २ थान, ईयरफोन १४ थान, पावर बैंक १ थान, पेनड्राइभ ५ थान, डाटाकेवल १२ थान, युएसबी कार्ड १ थान, चार्जरको टाउको ५ थान, मोबाइलका ब्याट्री ८ थान, बीटी स्पीकर १ थान, एमपी थ्री प्लेयर २ थान, एनसेल सिमकार्ड १५ थान र नगद २०१० बरामद गरिएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान काँडाघारीको सेल्स संसार नामक मोवाईल तथा फेटो स्टुडियो पसलबाट विभिन्न ब्राण्डका मोबाइलहरु क्यानोन क्यामेरा, चार्जर मेमोरी कार्ड समेत गरी तीनलाख बराबरको सामान चोरी भएको थियो । खोजतलास गर्ने क्रममा निज व्यक्तिहरुले झाडीमा लुकाइरहेको अवस्थामा सो सामान भेटीएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस