२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनशक्तिबारे निर्देशक समिति गठन : चिकित्सा शिक्षा अध्ययन शुल्क नबढाइने

अ+ अ-

काठमाडौं । सरकारले शैक्षिक जनशक्ति र शिक्षा प्रणालीको पुनःसंरचनाका निम्ति सुझाव प्रस्तुत गर्न शिक्षा तथा विज्ञान प्रविधिमन्त्रीको संयोजकत्वमा निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले नेपालका लागि आवश्यक शैक्षिक जनशक्तिको आँकलन गरेर तद्अनुरुप समग्र शिक्षा प्रणालीको पुनःसरचनाका निम्ति सुझाव दिन उक्त समिति बनाउने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवलीले जानकारी दिए । समितिलाई आगामी छ महीनाभित्र सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न कार्यादेश दिइएको छ । समितिले दिने सुुझावका आधारमा सरकारले आगामी १५ औँ पञ्चवर्षीय योजनामा समावेश गर्ने गरी जनशक्तिको मोटामोटी रुपमा आँकलन गर्नेछ ।

सरकारले जमलस्थित पुरानो परीक्षा नियन्त्रण कार्यालय रहेको स्थानमा राष्ट्रिय पुस्तकालयलाई स्थानान्तरण गर्ने निर्णय गरेको छ । बैठकले पुस्तकालयका लागि उक्त स्थानमा अत्याधुनिक भवनसमेत निर्माण गर्ने निर्णय गरेको छ । राष्ट्रिय पुस्तकालय हाल ललितपुरको हरिहर भवनमा छ ।

सरकारले यस वर्ष चिकित्सा शिक्षा अध्ययन शुल्क नबढाउने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्ले विगतको कार्यदलको निर्णयानुसार नै शुल्क लिने तथा यस वर्ष शुल्क बढाउनु नपर्ने निर्णय गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

बैठकले जनकपुर–जयनगर–कुर्था रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको हुँदा त्यसमा नेपाली झण्डा राख्ने र व्यवस्थापन सञ्चालनका लागि कानूनी र अन्य संस्थागत तयारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

त्यस्तै हवाई उड्डयनसम्बन्धी विधेयक तर्जुमा गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय भएको छ । सरकारले बडादशैँका उपलक्ष्यमा सबै नेपाली दाजुभाइ र दिदीबहिनीमा शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना पनि व्यक्त गरेको छ ।