२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हात्ती आतङ्कबाट पीडित शुक्लाफाँटाका बासिन्दा

अ+ अ-

कञ्चनपुर । एक सातादेखि साँझ नपर्दै जङ्गली हात्तीको झुण्ड खेतमा छिर्न थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका बासिन्दा अनिदोमै रात बिताउन बाध्य भएका छन्। पाकेर काट्नै लागेको धानबाली जोगाउनका लागि स्थानीय बासिन्दा अनिदोमै रात काट्न थालेका हुन् ।

पुरै गाउँका बासिन्दाले होहल्ला गर्दै पटका पड्काउने, ढोलक बजाउने गरे पनि हात्ती खेतमा छिरेर धानबाली सखाप पार्ने गरेको छ । रातभर अनिदो रहने बासिन्दा दिउँसभर सुत्ने गरेका छन् । पटाका पड्काउने र आगो देखेर तर्सेर भाग्ने गरेका हात्तीको झुण्ड तर्सनसमेत छाडेको स्थानीय पल्टु डगौराले भने, “धान खाएर आ हात्तीको झुण्ड बिहानीपख शुक्लाफाँटा निकुञ्ज र सामुदायिक वनतर्फ लाग्ने गरेको छ ।” छावासहित २० भन्दा बढी हात्तीको झुण्ड भगाउनका लागि रातभर स्थानीयवासी छिमेकी गाउँका बासिन्दाको सहयोगमा लाग्ने गरेका छन् । जति गरे पनि हात्तीको झुण्ड नभाग्ने गरेको सोनु चौधरीले बताए ।

हालसम्म हात्तीको झुण्डले रानीपुर र खजुवापट्टिमा मात्रै दश बिघा बढी क्षेत्रफलमा लगाएको धानबाली नोक्सानी गरेको छ । हात्तीको झुण्ड दुई भागमा बाँडिएर रहेकाले स्थानीय किसानले बढी क्षति व्यहोनुपरेको छ । दुईतर्फबाट घेरेर हात्तीको झुण्डले धानबाली खाने गरेको छ । एउटा झुण्ड शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिर्ने र अर्को झुण्ड नजिकैको सामुदायिक वनबाट बस्तीमा आउने गरेको छ । एकै ठाउँमा हात्तीको झुण्ड भए भगाउन सजिलो हुन्थ्यो, सागर धामीले भने, “दुईतर्फबाट आउने भएकाले धानबालीमा बढी क्षति गरेको छ ।”

दुई दिनअघि मात्रै हात्तीको झुण्डले वैशाखा र गणेशपुरका सात बढी बासिन्दाको घरसमेत भत्काएको थियो । घर भत्काएका परिवार छिमेकीको शरणमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नसमेत हात्तीले खाएपछि हात्ती पीडित परिवारको बिजोग भएको छ । धनवीरे सार्कीले भने, “घर भत्कायो, भित्र राखेको अन्न सबै खायो, कपडा सबै च्यातचुत पा¥यो । भाँडाकुडा कामै नलाग्ने बनायो । आउनै लागेको दशैँ हात्तीले खल्लो बनाइदिएको छ । हात्ती हाम्रै लागि दशा बनेर आएका रहेछ ।”

हात्तीको झुण्डले शुक्लाफाँटा नगरपालिकाको वडा नं १, २, ३, ५, ८ र १२ का दर्जनौँ बासिन्दाको धानबालीमा क्षति गरेको छ ।

महीना दिनअघि भारतको दुधुवा नेशनलपार्कबाट यहाँ पुगेका हात्तीको झुण्डले शुक्लाफाँटा नगरपालिकामा मात्रै ४० बिघा बढी क्षेत्रफलमा लगाएको धानबाली नोक्सानी गरेको र एक स्थानीयलाई घाइते बनाएको नगरप्रमुख दिलबहादुर ऐरले बताए । हात्तीको आतङ्कबाट पुरै नगरपालिकाका बासिन्दा त्रासमा छन्, उनले भने, “धानबाली खाएर सखाप त पा¥यो नै स्थानीय बासिन्दाको ज्यान जोगाउन निकै सकस छ ।”

स्थानीवासीको जीउधनको सुरक्षा गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई सजग गराइएको उनको भनाइ छ । सुरक्षा निकायका तीनवटै अङ्गलाई हात्ती प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस