नेपाल धार्मिक सहिष्णुतामा संसारकै नमूना देश हो : तिमिल्सिना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल धार्मिक सहिष्णुतामा संसारकै नमूना देश हो : तिमिल्सिना


२८ आश्विन २०७५, आइतबार


बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताएका छन् ।

महान् पर्व दशैँको अवसरमा बागलुङ नगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताए । उनले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि उचित व्यवस्थापनको अभावमा गरीब भएको भन्दै अहिलेको सरकारले देशलाई विकासतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे ।

उनले भने, “नेपाल बहुरङ्गको फूलबारी हो,“अरू देशमा जस्तो धार्मिकयुद्ध नेपालमा नहुनु विश्वलाई सुःखद् सन्देश हो ।”

प्रतिक्रिया दिनुहोस