दोब्बर भाडा असुल्दै यातायात व्यवसायी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दोब्बर भाडा असुल्दै यातायात व्यवसायी


२६ आश्विन २०७५, शुक्रबार


काठमाडौं । दशैंको मुखमा काठमाडौंबाट बाहिरिने यात्रुबाट दोब्बर भाडा अशुल्ने क्रम बढेको छ । टिकट नपाएका यात्रुहरुबाट रिजर्भ जाने बाहनामा बस र यात्रुबाहक टाटा सुमोले दोब्बर भाडा अशुल्न सुरु गरेका छन् ।

बल्खुबाट चल्ने टाटा सुमोहरुले दोब्बरसम्म भाडा उठाउँदा पनि ट्राफिक प्रहरीले कुनै कारवाही गरेको छैन । बल्खुबाट दक्षिणकली हेटौंडा हुँदै सर्लाहीसम्म चल्ने सुमोहरुले दोब्बर भाडा अशुलिरहेका छन् ।

बल्खुबाट हेटौंडा जान सुमोको भाडा ४ सय तोकिएमा एक यात्रुले हेटौंडा पुग्न साढे ८ सय रुपैयाँ भाडा तिरेको बताएका छन् । सुमो व्यवसायी भने फर्किँदा रित्तै आउनुपर्ने भएकाले घाटामा गाडी चलाउन नसकिने बताउँछन् ।

अग्रीम टिकट लिन नभ्याएकाहरुले दोब्बरसम्म भाडा तिरेर जान लागेको बताउँछन् । छोटो दूरीमा अग्रीम टिकट पनि नखुलाइएकाले त्यँही सबैभन्दा धेरै ठगी भइरहेको पाइएको छ ।

यातायात व्यवस्था विभागले भने बढी भाडा लिने सवारीलाई कडा कारवाही गरिने बताएको छ । ट्राफिक प्रहरीले पनि अनुगमन र निरानी बढाइएको भनेका छन् तर यात्रुहरुले टिकट नपाउँदा दोब्बर भाडा तिरेर भए पनि जाने गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस