आइसिसी विश्व टी–२० छनोट समूह ‘बी’ मा सन्दीपले बनाए राष्ट्रिय कीर्तिमान « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आइसिसी विश्व टी–२० छनोट समूह ‘बी’ मा सन्दीपले बनाए राष्ट्रिय कीर्तिमान


२६ आश्विन २०७५, शुक्रबार


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेले सर्वाधिक विकेट लिएर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले मलेसियामा भइरहेको आइसिसी विश्व टी–२० एसिया क्षेत्र छनोट समूह ‘बी’ प्रतियोगितामा २४ विकेट लिँदै कीर्तिमान बनाएका हुन्। उनी शुक्रबारको छनोट समुह ‘बी’ कोखेलमा सिंगापुरविरुद्ध ४ विकेट लिएर राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका हुन्।

सन्दीपले सन् २०१७ मा सिंगापुरमा भएको आइसिसी यू–१९ विश्वकप छनोट प्रतियोगितामा २४ विकेट लिएका थिए।

उनले शुक्रबार सिंगापुरविरुद्ध ३.३ ओभर बलिङ गर्दा ४ रन खर्चिए। चीनविरुद्ध ३ विकेट, भुटानविरूद्ध ३ विकेट, थाइल्यान्डविरुद्ध ५ विकेट, मलेसियाविरुद्ध ५ विकेट र म्यानमार विरुद्ध ४ विकेट लिएका थिए। सबै खेलमा नेपालको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीप ५ मध्ये ३ खेलमा म्यान अफ दि म्याच भएका थिए। सन्दीप चीन, म्यानमार र मलेसियाविरुद्धको खेलमा म्यान अफ दि म्याच बनेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस