एसिया छनोट समूह ‘बी’को अन्तिम खेल : सिंगापुरले दियो नेपाललाई ८२ रनको लक्ष्य « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एसिया छनोट समूह ‘बी’को अन्तिम खेल : सिंगापुरले दियो नेपाललाई ८२ रनको लक्ष्य


२६ आश्विन २०७५, शुक्रबार


काठमाडौं । सिंगापुरले नेपाललाई उपाधि जित्न ८२ रनको लक्ष दिएको छ ।

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत एसिया छनोटको समूह बी को अन्तिम खेलमा नेपालका लागि ८२ रनको चुनौती रहेको छ ।

टस जितेको नेपालले पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको सिंगापुर १७.३ ओभरमा ८१ रनमा अलआउट भएको हो ।

सिंगापुरका ब्याट्सम्यान सुरेन्द्रन चन्द्रमोहनले २५ रन बनाए । उनले ३२ बलमा ३ चौका प्रहार गरे। मनप्रित सिंह र सिद्धान्तले १०/१० रन जोडे।

सन्दीप लामिछानेले ४ विकेट लिए। उनले ३.३ ओभरमा ४ रन खर्चिए। करण केसी र सोमपाल कामीले २/२ विकेट लिन सफल भए। ललितनारायण राजवंशी र बसन्त रेग्मीले ११ विकेट हात पारे।

छनोट चरणको यो अन्तिम खेल फाइनल हो। किनकी खेल जित्ने टिम आइसिसी विश्व टी–२० एसिया क्षेत्रीय समूह बी को च्याम्पियन बन्ने छ।

नोपालले भने स्थान पक्का गरिसकेको छ । सिंगापुरले पनि विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाइसकेको छ। नेपाल र सिंगापुरको समान १०/१० अंक छ। नेट रनरेटमा भने नेपालले सिंगापुरलाई पछि पारेको छ।

प्रतिक्रिया दिनुहोस