२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य केन्द्रमै थन्कियो मलेरियाको औषधि

अ+ अ-

बाजुरा । मलेरिया रोकथामका लागि छर्किनुपर्ने औषधि तीन महीनादेखि बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा थन्किएको छ । जिल्लाको उत्तरीभेग बूढीनन्दा नगरपालिका कोल्टीस्थितको प्राथमिक स्वास्थ्य केन्द्रमा गत साउनदेखि ती औषधि थन्किएका हुन् ।

उक्त औषधि साउनमा छर्किनुपर्ने भए पनि बजेट नभएको भन्दै तीन महीना बितिसक्दा पनि औषधि छर्न नसकेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. सत्य शाहीले बताए ।

मलेरिया प्रभावित क्षेत्रमा छर्किन रु तीन लाख रकम आवश्यक भएको र नगरपालिकाले रकम नदिँदा ती औषधि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमै रहेको शाहीले बताए। “साउनमा छर्किएको भए रोकथाम हुन्थ्यो, अहिले दैनिक मलरियाको बिरामी आइरहने समस्या छ ।” डा. शाहीले भने ।

तराईमा मात्रै देखा पर्ने मलेरिया रोग बाजुराको बूढीनन्दा नगरपालिका १, ६ र ५ वडामा देखा परेपछि परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाएको थियो । प्रयोशालाले पनि मलेरिया भएको प्रमाणित गरेपछि मलेरिया रोकथामका लागि सेभ द चिल्ड्रेनको सहयोगमा प्रभावित बस्तीमा छर्किन पाँच वटा ठूलो ड्रममा औषधि पठाएको थियो । लाखौँ मूल्यको औषधि त्यतिकै खेर जाने खतरा देखिएको छ ।

मलरिया गर्मी र वर्षात्को समयमा फैलन्छ । चैतदेखि जेठसम्ममा छर्कियो भने औषधिले तीन महीना काम गर्छ । साउनमा छर्कियो भने भदौ, असोज र कात्तिकसम्मका लागि मलेरिया रोग स्थानीयमा सर्न सक्दैन तर, औषधि नछर्किँदा दैनिक एक/दुई जना मलेरियाका बिरामी अहिले पनि उपचारमा आउने गरेको प्रमुख डा शाहीले जानकारी दिए।

नगरपालिकामा कहिले कार्यकारी अधिकृत र कहिले लेखापाल नभएको कारण देखाई बजेट नदिएको स्थानीय जनप्रतिनिधिको गुनासो छ । बूढीनन्दा नगरपालिका कार्यकारी पुरुषोत्तम न्यौपाने भन्नुहुन्छ, “म बिदामा गएको थिएँ, भर्खर मात्र आएको हुँ, यसबारेमा मलाई जानकारी छैन ।”