ट्याक्टरबाट खसेर महिलाको मृत्यु « प्रशासन
Logo ९ आश्विन २०७९, आइतबार
   

ट्याक्टरबाट खसेर महिलाको मृत्यु


२६ आश्विन २०७५, शुक्रबार


भोजपुर । टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा बिहीबार ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खोटाङको खोटेहाङ गाँउपालिका–२ का ३२ वर्षीया निङल्हामु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाँचधारेबाट किराना पसलको सामान लिएर घरतर्फ जाँदै गर्दा शेर्पाको को२त ४६१८ नं को ट्याक्टरबाट खसेर मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरी चौकी पाँचधारेले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस