तीर्थका लागि भारत गएका एक युवक बेपत्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

तीर्थका लागि भारत गएका एक युवक बेपत्ता


२५ आश्विन २०७५, बिहिबार


बालक बेपत्ता

कावासोती । तीर्थका लागि भारत गएका नवलपरासी देवचुली नगरपालिका–२ दुम्कौलीका ३६ वर्षीय विनोद महतो बेपत्ता भएका छन् ।

असोज १९ गते भारतको गयाबाट भाइ बेपत्ता भएको उहाँका दाजु शिव महतोले जानकारी दिए । उनी १७ गते तीर्थका लागि भारत गएका थिए । नेपालबाट तीर्थका लागि गएको टोली बुधबार घर फर्किएको तर भाइ भने बेपत्ता भएको उनले बताए । गाउँका करीब ५० जनाको समूह तीर्थका लागि गएका थिए ।

विनोद अन्य साथीसँगै रहेकामा भारतको गयामा खाना खाने क्रममा छुटिएका थिए । त्यसपछि सँगै गएका साथीहरुको सम्पर्कमा नआएपछि भारतीय प्रहरीलाई समेत जानकारी दिई खोजी गर्दा फेला नपरेको दाजु शिवले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस