२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपराध नियन्त्रण गर्न प्रहरीको व्यवहारमा सुधार हुनुपर्ने

अ+ अ-

हेटौँडा । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको आचरण व्यवहारमा सुधार गरी जनताको शान्तिसुरक्षा र समाजमा बढ्दै गएको अपराध नियन्त्रण गर्न अझै बढी जिम्मेवार बनाउनुपर्ने बताएका छन् ।

मुख्यमन्त्री पौडेलले ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडाद्वारा ६३औँ प्रहरी दिवसका उपलक्ष्यमा आज आयोजित समारोहमा प्रहरीको प्रशासकीय क्षमता अभिवृद्धि गरी जनतालाई गुणस्तरीय सेवा प्रदान गर्न प्रदेश सरकारले आवश्यक बजेट र प्रदेश प्रहरी कानूनको तर्जुमा गर्न गृहकार्य गरिरहेको बताए । उनले प्रचलित ऐन कानूनबमोजिम प्रहरी जनशक्तिले अनुसन्धान गरी कार्वाही प्रक्रिया अगाडि बढाउन आग्रह गरे ।

आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रहरीले जनतालाई शान्तिसुरक्षा प्रदान गर्न, विपत्मा उद्धार कार्यमा तीव्रता ल्याउन, प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराधलाई वैज्ञानिक प्रवृत्तिबाट अनुसन्धान गरेर कानूनी कार्वाहीको दायरामा ल्याउन प्रदेश सरकारले प्रभावकारी कार्यक्रम ल्याउन लागेको बताए ।

उनले प्रहरी र नागरिकबीच सहकार्य गरी एकापसमा विश्वासको वातावरण तयार गर्न आवश्यक रहेको छ भन्दै प्रहरीले कुनै दल वा कुनै समूहको प्रभावमा नपरी आफ्नो जिम्मेवारीलाई निष्पक्ष र जनमुखी बनाउनुपर्ने विचार व्यक्त गरे ।

सो अवसरमा ३ नं प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक दीपक थापाले प्रहरी जनशक्तिलाई समयानूकल सुधार गरी प्रदेशस्तरमा जनताको शान्तिसुरक्षा, मानवअधिकारको संवद्र्धन गर्ने र अपराध नियन्त्रण गर्न सक्षम रहेको बताउनुभयो । मुख्यमन्त्री पौडेलले प्रहरी दिवसका उपलक्ष्यमा आयोजित खेलकूद प्रतियोगितामा विजयी प्रहरी खेलाडीलाई क्रमशः नगद पुरस्कार र पदक वितरण गरे । रासस