प्रहरीले सर्वसाधारणको विश्वास जित्ने गरी सेवा गर्नु पर्छ : प्रधानमन्त्री ओली « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रहरीले सर्वसाधारणको विश्वास जित्ने गरी सेवा गर्नु पर्छ : प्रधानमन्त्री ओली


२५ आश्विन २०७५, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीलाई सर्वसाधारणको विश्वास जित्न सक्ने गरी सेवा गर्नुपर्ने बताए ।

६३ औँ प्रहरी दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले सामाजमा प्रहरीले पृथक र उदाहरणीय काम गर्न जरुरी भएको बताएका छन् ।

उनले प्रहरीको जिम्मेवारी अरुको भन्दा बढी र पृथक भएकाले समाजमा उदाहरणीय काम गर्न आग्रह गरेका छन् । ‘‘समृद्धिको पहिलो आधार शान्ति सुरक्षा हो । हामी राजनीतिक उथलपुथलबाट नयाँ संरचनामा छैँ। सुखी नेपाली समृद्ध नेपालको अभियामा गएका छौं । यसलाई कायम राख्न प्रहरीको ठूलो उत्तरदायित्व रहेको छ ।’’ प्रधानमन्त्री ओलीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस