अमेरिकाको फ्लोरिडा राज्यमा शक्तिशाली आँधीमा परी १४ जनाको मृत्यु भएको छ । आँधी २५० किलोमिटरको वेगमा आएको जनाइएको छ । ‘माइकल’ नामक यो आँधी एक सय वर्ष यताकै शक्तिशाली आँधी ठहरिएको छ ।
फ्लोरिडाका गभर्नर रिक सटले यो आँधीलाई विनाशकारी आँधी भनेका छन् । उनले मानिसरुलाई घरबाट बाहिर ननिस्किन समेत आग्रह गरेका छन् । फ्लोरिडा राज्यले एक हप्ताकालागि आपतकालिन स्थिति घोषणा गरेको छ । एजेन्सी