२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच वर्ष सरकार चल्न व्यवधान छैन : दाहाल

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार पाँच वर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताए ।

उनले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारी रुपमा कसरी काम गर्न सकिन्छ भन्नेमा पार्टी नेतृत्वबीच गम्भीर छलफल भइरहेको जानकारी दिए । पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण तथा चाडपर्वका अवसरमा आज आयोजित चियापान कार्यक्रममा अध्यक्ष दाहालले सरकारले यसबीचमा छिमेकीसँगको सम्बन्धमा सुधारका साथै विभिन्न सकारात्मक काम गरेको तर सोचे जति तीव्ररुपमा काम गर्न नसकेको भनी उठेको प्रश्नमाथि आफूहरुको ध्यानाकर्षण भएको स्पष्ट गरे ।

आज बिहान मात्रै आफू र प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीबीच सरकार सञ्चालन र पार्टीका विषयमा गम्भीर समीक्षा भएको जानकारी दिँदै उनले जनभावनानुसार कडारुपमा दण्डसजाय प्रणाली स्थापित गर्न र राष्ट्रिय एकतालाई बलियो बनाउन देखिएका कमजोरी सुधारेर अघि बढ्ने पर्याप्त सम्भावना रहेको जनाए ।

“कामको सन्दर्भमा कहाँ के पुगेको छैन, राम्ररी समीक्षा र गृहकार्य गरेर जनताले देख्ने गरी महत्वपूर्ण लिने र पहल गर्ने विषयमा हाम्रो छलफल केन्द्रित छ”, अध्यक्ष दाहालले भने, “विगतमा राजनीतिक नेतृत्व र दूरदृष्टिको अभावमा विकास, सुशासन र स्थिरताको अभावमा हामी पछि परेका हौँ । अहिलेको जनमत स्थिरताको पक्षमा छ । पार्टी एकताले पनि हामीलाई विकासको अभियान सञ्चालनका लागि बल दिएको छ । विकासका लागि प्रतिपक्षको पनि समान मत छ । यस अवसरलाई उपयोग गर्नुपर्छ ।”

‘हार्ने गरी उपनिर्वाचन हुँदैन’
अध्यक्ष दाहालले पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत संसद्मा ल्याउने सन्दर्भमा काठमाडौं निर्वाचन क्षेत्र ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने चर्चाका सम्बन्धमा हाल पार्टी कुनै निर्णय भइनसकेको उल्लेख गर्दै आफूहरु उक्त स्थान गुमाउने गरी निर्वाचनमा नजाने घोषणा गरे ।

भट्टराईलाई मन्त्री बनाउने वचन
ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्र्वाचित एवं पार्टीका नेता योगेश भट्टराईलाई निर्वाचनमा नेतृत्वबाट गरिएको प्रतिबद्धतानुसार आफूहरुले मन्त्री बनाउन नभ्याइएको उद्घोष गरे । निर्वाचनमा पार्टीका अध्यक्ष ओलीले सो जिल्लामा पुगी भट्टराईले जितेपछि मन्त्री बनाउने वचन दिए । अध्यक्ष दाहालले भने, “अध्यक्ष ओलीले दिएको चुनावी भाषण मैले हेरेँ । हामीले अहिलेसम्म योगेशजीलाई मन्त्री बनाउन भ्याएका छैनौँ । एक दिन त्यो वचन पूरा हुनेछ ।”

कार्यक्रममा अध्यक्ष दाहाललाई पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवालले पाथीभरा सद्भावना दूतको परिचयपत्र प्रदान गरे अन्य नेता र विशिष्ट व्यक्तिलाई अध्यक्ष दाहालले परिचयपत्र वितरण गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले ताप्लेजुङको सुकेटार विमानस्थल स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको, आजैदेखि त्यहाँ नियमित उडान शुरु गरिएको र पाथीभरा क्षेत्र विकास समितिलाई केन्द्र सरकार मातहत राखिएको जनाउँदै पूर्वक्षेत्रको पर्यटन विकासमा सद्भावनादूत परिचयपत्र वितरणले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेता भट्टराईले सरकारले चीनसँगको ओलाङचुङगोला नाका खोल्न सहमति गरेकामा धन्यवाद दिँदै पाथीभराको प्रचारका लागि २५ हजारलाई सो परिचयपत्र वितरण गरिने घोषणा गरे । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारसँग जनताले धेरै अपेक्षा भएकाले यो असफल हुन नहुनेमा जोड दिए । रासस