२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश योजना आयोग गठन गरिने : मुख्यमन्त्री राई

अ+ अ-

विराटनगर । प्रदेश नं १ मुख्यमन्त्री शेरधन राईले प्रदेशको योजनाबद्ध विकासका लागि प्रदेश योजना आयोग गठन गर्ने बताएका छन् ।

राष्ट्रिय योजना आयोगद्वारा आज यहाँ आयोजित दिगो विकास लक्ष्य मैत्री योजना, अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्कसम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रममा उनले प्रदेश सरकारले यस सम्बन्धमा विज्ञसँग छलफल गरेको र अद्यावधिक विकास योजनासम्बन्धी बैठकको निर्णय केही दिनमा सार्वजनिक गरिने बताए ।

त्यसमा समग्र विकास योजनाको अवधारणा तर्जुमा, अद्यावधिक योजना तर्जुमा प्रक्रिया र सोको व्यावहारिक अभ्यास गर्ने, सङ्घ प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध तथा सामञ्जस्यता कायम गर्ने, मध्यमकालीन खर्च संरचनाको अवधारणा तथा प्रदेशस्तरमा सोको तर्जुमा सम्बन्धी ज्ञान तथा सीप प्रदान गर्नेलगायतका विषय समेटिनेछ ।

दिगो विकास लक्ष्य नेपालको वर्तमान अवस्था, सङ्घ, प्रदेश र स्थानीय तहमा सूचकको उपलब्धता तथा सोको आन्तरिकीकरण तथा स्थानीयकरण गर्ने, समग्र विकास प्रक्रियाको अनुगमन तथा मूल्याङ्कलन सम्बन्धी अवधाराणा तथा प्रदेश तहमा यसको प्रयोग सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान, योजनाबद्ध विकासका लागि तथ्याङ्कको महत्व आवश्यक, उपलब्धता र प्रयोगबारे जानकारी प्रदान गर्नु सो कार्यक्रमको उद्देश्य छ ।

मुख्यमन्त्री राईले विराट बृहत् क्षेत्र निर्माण गरी छ तथा चार लेनको सडक निर्माण, स्मार्ट, स्याटलाइ र स्पोर्टस सिटी, औद्योगिक विकास क्षेत्रलगायत निर्माण कार्य गर्न प्रदेश सरकारले कार्य गरिरहेको बताए ।

उनले कृषि, पर्यटन, निकासीमुलुक उद्योग, जलस्रोत आदिमा पाँचदेखि दश वर्षभित्र योजनाबद्ध ढङ्गले प्रदेशको विकास गर्न विज्ञ छफलफल गरी यस क्षेत्रका जनतालाई रोजगारी, आर्थिक उन्नति र वैदशिक व्यापार घाटा न्यूनका लागि सरकारले कार्य गरिरहेको छ भने ।

मुख्यमन्त्री राईले विकासका लागि विश्वसनीय तथ्याङ्क आवश्यक भएको बताउँदै सोहीअनुसार प्रदेश सरकारले विकासका पूर्वाधार निर्माणमा कार्य गरिरहेको धारणा व्यक्त गरे ।

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले राजनीतिक स्थायित्व कायम भएकाले जनताले विकासको अनुभूति प्राप्त गर्ने बताए । उनले वर्तमान अवस्थामा सङ्घीय र प्रदेश सरकार दुई तिहाइ भएकाले समग्र मुलुकमा विकास निर्माण कार्यले गति लिई जनताको आर्थिक वृद्धि कायम हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले तीन तहको योजना समेटर कार्य गरेमा राष्ट्रिय लक्ष्य प्राप्त हुने बताए । उनले सुःखी नेपाली नेपालको सोचअनुसार आयोगले दीर्घकालीन नीति लिई कार्य अगाडि बढाएको जानकारी दिए ।

प्रदेश निमित्त प्रमुख सचिव यज्ञबहादुर खत्री, राष्ट्रिय योजन आयोगका सचिव नरेशकुमार चापागाईँ र सदस्य कृष्णप्रसाद ओलीले दिगो विकासको लक्ष्य प्राप्त गर्न वातावरण प्रदूषण रोक्न अहिलेदेखि कार्य गर्नुपर्ने, तीन तहको सरकार एकजुट भई कार्य गरेमा विकास लक्ष्य प्राप्त हुने विचार व्यक्त गरे।

कार्यक्रममा प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्दबहादुर आङ्वो, सामाजिक विकासमन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतको पनि सहभागिता थियो ।

दुई दिने कार्यक्रममा प्रदेश प्रमुख कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विषय क्षेत्रगत मन्त्रालयका सचिव, प्रदेशसभाका महासचिव, प्रदेश कोष नियन्त्रक कार्यालयका प्रमुख एवं योजना तर्जुमा सम्बन्धी उपसचिव तथा अधिकृत गरी ३५ जनाको सो कार्यक्रममा सहभागिता थियो ।