गलत काम गर्ने जोकोही प्रहरी अधिकृतलाई बर्खास्त गर्ने आईजीपी खनालको चेतावनी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गलत काम गर्ने जोकोही प्रहरी अधिकृतलाई बर्खास्त गर्ने आईजीपी खनालको चेतावनी


२४ आश्विन २०७५, बुधबार


इन्टरपोल

काठमाडौं । आईजीपी सर्वेन्द्र खनालले गलत काम गर्ने जोकोही प्रहरी अधिकृतलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् ।

ललितपुरस्थित सातदोबाटोमा निर्मित ट्राफिक प्रहरी परिसरको भवन उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले संगठन भित्र गलत काम गर्ने प्रहरी अधिकृतका कारण ‘गम्भीर चोट’ पुगेकोले त्यस्ता प्रहरीलाई कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

आईजीपी खनालले सरकारले दिएको जिम्मेवारी र नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व इमान्दार र निष्ठापूर्वक पूरा गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षक खनालले समाजका अगुवाहरुलाई पनि अपराध नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस