धरौटी तिर्न नसक्दा रिहा भए पनि थुनामै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धरौटी तिर्न नसक्दा रिहा भए पनि थुनामै


२४ आश्विन २०७५, बुधबार


पर्वत । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा १३ वर्षीया बालिका बलात्कार प्रयास गरेको अभियोग लागेका एक युवा रु दुई लाख धरौटीमा रिहा भए पनि आर्थिक अभावले कारागार चलान भएका छन् । घरमा सुतिरहेकी बालिकालाई बलात्कार प्रयास गरेको अभियोग लागेका कुश्मा नगरपालिका–२ का २० वर्षीय विनोद नेपाली पुर्पक्षका लागि रु दुई लाख धरौटीमा छुटेका हुन् ।

पर्वत जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले मङ्गलबार नेपालीलाई रु दुई लाख धरौटीमा छाडेर अनुसन्धान गर्न आदेश दिएको थियो । अभियुक्त नेपाली रु दुई लाख बुझाउन नसकेपछि पर्वत जिल्ला कारागारमा थुनामा छन् ।

अदालत बुधबारदेखि बिदा हुने भएकाले धरौटीमा छाड्ने आदेश भए पनि अभियुक्त नेपालीले दशैँ बिदामा पनि कारागार बस्नुपर्ने भएको छ । नेपालीले गएको भदौ २७ गते सोही ठाउँकी १३ वर्षीया बालिका घरको बारदलीमा सुतिरहेको अवस्थामा घरको भित्ता र खम्बा हुँदै बारदलीमा चढेर मुख थुनी जबर्जस्ती यौन क्रियाकलाप गर्न खोजेको अभियोगमा असोज ८ गते जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस