काठमाडौं । चक्कु प्रहार गरेको आरोपमा पोखरामा अष्ट्रियन नागरिकि पक्राउ परेका छन् । पोखरा महानगरपालिका–६ खहरे बस्ने तनहुँका ३४ वर्षीय शिब श्रेष्ठलाई चक्कु प्रहार गरेको आरोपमा अष्ट्रियाका नागरिक ३३ वर्षीय डोमिनिक एडरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई पोखरा महानगरपालिका–६ बाट सोमबार प्रहरीले पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरेका डोमिनिकले सेदी खहरे जाने क्रममा सेदीको पुलमा श्रेष्ठलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।
घाइते श्रेष्ठलाई उपचारको लागि अस्पताल लगिएको र एडर प्रहरी अनुसन्धानमा राखिएका छन् ।







