तलब नपाएपछि विराटनगरमा शिक्षकहरु आन्दोलित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तलब नपाएपछि विराटनगरमा शिक्षकहरु आन्दोलित


२२ आश्विन २०७५, सोमबार


मोरङ । चार महिनादेखि तलब नपाउँदा शिक्षकहरु आन्दोलमा उत्रिएका छन् । विराटनगर महानगरपालिका भित्र कार्यरत काज शिक्षहरुले दशैँको मुखमा समेत तलब नपाउँदा आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलित शिक्षकहरुले सोमबार शिक्षा विकास तथा समन्वय इकाई मोरङको लेखा, प्रशासन र इकाइ प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

विराटनगर महानगरपालिकाका सामुदायिक विद्यालयमा १९ जना शिक्षक काजमा खटिएका छन् । चार महिनादेखि तलब नपाएका कारण आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघ विराटनगर नगरसमितिका अध्यक्ष वेदुकुमार खतिवडाले बताए । समन्वय इकाइमा तालाबन्दीपछि उनीहरुले विराटनगर महानगरपालिकामा धर्ना दिएका छन् ।

मंगलबारसम्म पनि तलब निकासा गर्ने आश्वासन नदिए बुधबारदेखि महानगरपालिकामा अनिश्चितकालीन धर्ना र घेराउ उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस