२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कर्मचारी अभावमा बजेट कार्यान्वयन अवरोध’

अ+ अ-

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीय सरकारको असहयोगका कारण प्रदेश सरकारको बजेट कार्यान्वयन र सार्वजनिक प्रशासन सञ्चालनमा अवरोध सिर्जना भएको बताएका छन् ।

प्रदेशसभाको दोस्रोे अधिवेशनको ३२औँ बैठकको विशेष समयमा उक्त कुरा बताउँदै मुख्यमन्त्री राउतले पटकपटक ताकेता गर्दा पनि सङ्घीय सरकारले प्रदेश सरकारको सार्वजनिक प्रशासनमा चाहिने कर्मचारी पठाएको छैन भने ।

प्रदेशमा न्यूनतम् पाँच हजार कर्मचारीको आवश्यकता रहेको स्थितिमा सङ्घीय सरकारले दुई हजार ४०० कर्मचारी पठाउने भनिए पनि अहिलेसम्म कर्मचारी नआएको उनले बताए । प्रदेशमा हिंसा, असुरक्षा, अशान्ति व्याप्त रहेको अवस्थामा प्रदेश प्रहरी छैन, प्रमुख जिल्ला अधिकारीले प्रदेश सरकारको कार्यक्रम, बिदा, निर्देशन र नीतिलाई बेवास्ता गरिरहेकाले प्रदेश सरकार बाध्य भई प्रदेश प्रहरी विधेयक पारित गराउन क्रियाशील रहेको मुख्यमन्त्री राउतले बताए ।

उनले प्रजिअले प्रदेशको अधिकारलाई हनन गरिरहेकाले अब सङ्घीय सरकारको पर्खाइ निरर्थक छ, हरेक निकायको संरचनाको निर्माण प्रदेश सरकारले गर्नु अपरिहार्य भइसकेकाले प्रदेश सरकारले करारमा कर्मचारी भर्नाको विधेयक सभामा प्रस्तुत गरेको स्पष्ट गरे ।

आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेशसभामा प्रस्तुत बजेटको पुनरावलोकन गरी हरेक क्षेत्रमा समान रूपले बजेट वितरण गरिने जानकारी दिए । प्रदेश सरकारसँग चाहिने प्राविधिक छैन, बजेट बनाउँदा नीति आयोग बनाइएको थिएन, पाँच जना कर्मचारीको भरमा बजेट बनाइएका कारण पनि त्रुटिहरू रहेको स्वीकार गर्दै मन्त्री यादवले बजेट समान रूपले पुनरावलोकन गरिनेछ भने ।

नेकपाका प्रदेशसभा सदस्य जगत यादवले प्रदेश सरकारले मधेशी जनता र शहीदलाई अपमान गरिरहेकाले सरकारको विकल्प खोज्नु जरुरी भएको धारणा राखे । रासस