२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रक्षामन्त्री पोख्रेलद्वारा गण निरीक्षण

अ+ अ-

दमौली । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले आज व्यास नगरपालिका–५ चापाघाटस्थित कृष्णदल गणको निरीक्षण गरेका छन् । तनहुँका विभिन्न कार्यक्रममा सहभागी भएका उपप्रधानमन्त्री पोख्रेलले उक्त गणको स्थलगत वस्तुस्थिति, तालीम, बन्दोबस्तीलगायतका विविध पक्षबारे जानकारी लिए ।

उपप्रधानमन्त्री पोख्रेलले आज नै भानु नगरपालिका–१ मा रहेको नेपाली सेनाको बारुदखानाको समेत निरीक्षण गरेका छन् ।

सबैको एउटै लक्ष्य आर्थिक विकास र समृद्धि

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले आर्थिक विकास र समृद्धि सबै पार्टीको साझा लक्ष्य भएको बताएका छन् । तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठका बुबा स्व केवलबहादुर श्रेष्ठको १३ औँ दिनको पुण्यतिथिमा आज दमौलीमा आयोजित श्रद्धाञ्जलीसभामा रक्षामन्त्री पोख्रेलले आर्थिक विकास र समृद्धिका लागि लाग्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, “जुनसुकै पार्टीमा बाँधिए पनि वा पार्टी बाहिर रहे पनि सबैले आर्थिक समृद्धि र विकासको लक्ष्य बनाउनुपर्छ ।” नौ/नौ महीनामा सरकार ढल्ने दुर्भाग्य सिलसिलाबाट नेपालले मुक्ति पाएको चर्चा गर्दै उपप्रधानमन्त्री पोख्रेलले अब नेपाली जनताले राजनीतिक अस्थिरताको दुष्चक्रमा पर्नु नपर्ने बताए ।

आर्थिक समृद्धिका लागि सबै पार्टी एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले आर्थिक समृद्धिका लागि सहकार्य र सहमतिमा जोड दिए । “हामीले प्रतिस्पर्धा राजनीतिमा ग¥यौँ, प्रतिस्पर्धाको परिणाम पनि हामीले पायौँ,” उनले भने, “अब विकास र निर्माणका लागि साझा सहमति र सहकार्य गर्ने, एकताबद्ध भएर अघि बढ्ने अर्को बाटो हुन सक्दैन ।”

जनतासँग कबुल गरेका सबै प्रतिबद्धता पूरा गरेर छाड्ने उपप्रधानमन्त्री पोख्रेलले बताए । “अहिले यतिबेला सबै कुरा सलल बगेको जस्तो देखिएन भनेर अन्यथा लिनु जरुरी छैन,” उनले भने, “हिजो चुनावका बेलामा जुन प्रतिबद्धताहरु गरेका थियौँ, ती सबै कुरा पूरा गर्छौं ।”