२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कलाकारलाई युट्युबको भर, मासिक करीब ५० हजार कमाइ

अ+ अ-

बागलुङ । एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक/सर्जकले निश्चित रोयल्टी पाउथे । कम्पनीले नाफा कमाउथे । तर अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै सङ्गीत व्यवसाय अहिले एकाएक युट्युबमा केन्द्रित छ ।

प्रविधिको फड्कोले सङ्गीत बजारकोस्वरुप बदलेको हो । श्रव्य क्यासेट त इतिहास भइसक्यो । सिडीको चलन नगन्य छ । सूचना प्रविधिको द्रुत विकासले सङ्गीत उद्योग अहिले इन्टरनेट प्रविधिमा निर्भर हुँदै गएको छ ।

वि.सं. २०५८ मा एक लाख बढी बिकेको गीति एल्बम ‘जम्मु कश्मिरमा’ का सर्जक/गायक विष्णु खत्रीको अहिले आफ्नै युट्युब च्यानल छ । खत्रीले आफ्ना पछिल्ला सिर्जना युट्युबबाटै सार्वजनिक गर्दै आएका छन् । ‘प्रविधिलाई आत्मसात् गर्नै पर्दोरहेछ’ खत्रीले भने, “अहिले युट्युबको जमाना छ, म त्यसकै प्रवर्द्धनमा छु ।” राम्रो सिर्जना र विषयवस्तु युट्युबमा दिन सके लगानी खेर नजाने उनको अनुभव छ ।

लोकगायक तथा मोडल प्रकाश सपूतको लोकगीत ‘बोल माया’ युट्युबमा ८७ लाख भन्दा बढीले हेरेका छन् । उक्त लोकगीत केही महिनाअघि सार्वजनिक हुँदा युट्युबमा सर्वाधिक हेरिने मध्येको नम्बर १ मा परेको थियो । ‘प्रकाश सपूत भन्ने मेरो आफ्नै युट्युब च्यानल छ’ सपूतले भने, “हालसम्म मेरा सिर्जनाले चार करोड बढी दर्शक पाएका छन् ।” राम्रो सामग्री दिन सकियो भने युट्युबबाट कमाइ लिन सकिने उनको भनाइ छ ।

जागिर गर्दा आउने जत्ति पैसा अहिले युट्युबबाट नियमित पाइरहेको तर बाहिर भन्ने गरिएजस्तो धेरै पैसा आउने अवस्था भने नभएको सपूतले सुनाए। सर्वाधिक हेरिएका कपितय गीतबाट भने राम्रो आम्दानी पनि भित्रने गरेको छ ।

सिर्जनाको बलमा जति धेरै दर्शक बटुल्न सक्यो त्यसकै आधारमा पैसा जम्मा हुने अर्का गायक एवं मोडल दुर्गेश थापा बताउँछन् । ‘मासिक करीब ५० हजार युट्युबाट कमाउछु’ थापाले भने, “कहिले बढी पनि आउछ, कहिले कमी ।”थापाको ‘क्षत्रीको छोरो’ भन्ने गीत युट्युबमा ३३ लाखले हेरेका थिए । दशैँंलाई लक्षित गरी ‘बाँचे टुप्लुक्क’ बोलको गीत युट्युबबाटै सार्वजनिक गर्ने तयारीमा उनी छन्। थापाले हालैमात्र युट्युबबाट एक लाख युट्युब च्यानलको समूह सदस्य (सब्सक्राइबर) पुगेबापत् पुरस्कारसमेत पाएको छ । गीत हेर्ने, लाइक, टिप्पणी, आदानप्रदान र ‘सब्सक्राइब’ गर्ने सङ्ख्याका आधारमा कलाकारको युट्युबमा राम्रो अभिलेख रहने गरेको छ ।

पैसा आउने कुरा विज्ञापनसँग पनि बढी जोडिएको कलाकार बताउँछन् । गीतको बीचमा युट्युबले अन्तर्राष्ट्रिय ब्राण्डका विज्ञापन राख्दा बढी पैसा आउने गरेको छ । व्यावसायिक रुपमा युट्युबको प्रक्रियामा छिर्न तोकिएको सङ्ख्यामा हेरिनुपर्ने र युट्युब च्यानलको समूह सदस्य पुग्नुपर्ने प्रावधान छ । शुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र ‘मोनिटाइज’ भएपछि मात्र पैसा आउने गरेको छ ।

लोकगायक खत्रीले युट्युबमा विकृति पनि रहेको बताउँछन्। अर्कैको सिर्जनालाई अनुमति नलिइ आफ्नो यट्युबमा राख्ने चलनले बौद्धिक सम्पत्तिमाथिको अधिकार हनन भएको उनको भनाइ छ । ‘एउटाको ठूलो लगानी र मेहनत परिरहेको हुन्छ’ उनले भने, “फाइदा अर्कैले लिइरहेको हुन्छ । नियमन निकायले विकृति रोक्नुपर्ने उनको सुझाव छ ।

युट्युबले विदेशबाट हेरेबापत मात्रै कलाकारलाई रोयल्टी दिने गरेको बताइन्छ । नेपाल युट्यबको प्राथमिकतामा पर्न सकेको छैन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य एवं लोकगायक वसन्त थापाले युट्युब कलाकारको व्यक्तित्व चिनाउने माध्यम बनेको बताउँछन् । ‘राम्रो दर्शक पाउदा पैसा पनि छ’ थापाले भने, “यसबाट कलाकारको व्यक्तित्व पनि उठ्छ ।” त्यसमा चर्चा बटुलेका कलकार देश विदेशका कार्यक्रममा पनि बढी पुग्छन् । कलाकारलाई मञ्चीय कार्यक्रम पनि कमाइको अर्को भरपर्दो माध्यम हो ।

कम्पनीमार्फत युट्युबमा जाँदा रोयल्टी पाउने निश्चित नभएपछि कलाकारहरुले आफ्नै एकाउन्ट खोल्न थालेका हुन् । लगानी जुटाएर गीतको श्रव्यदृश्य तयार गर्ने र त्यसलाई आफ्नै युट्युबबाट प्रवर्द्धन गर्ने क्रम अहिले बढ्दो छ । मेकानिकल रोयल्टी भनेर कम्पनीले पैसा पाउँछन् भने आफ्नै एकाउन्ट भएका कलाकारको खातामा युट्युबले पैसा जम्मा गरिदिन्छ । रोयल्टी सङ्कलन समाज नेपाल र गुगलबीच भएको सम्झौतापछि नेपालमा युट्युबसम्बन्धी च्यानल व्यावसायिक बन्न थालेको हो ।